सङ्खुवासभा बस दुर्घटना : घाइतेको उद्धारका लागि हेलिकोप्टर जाँदै

497

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले सङ्खुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा भएको यात्रुबस दुर्घटनामा घाइते भएकाको उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन् ।

उनले गृहसचिव टेकनारायण पाण्डे र सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाको हेलिकोप्टरबाट यथाशीघ्र उद्धार गर्न निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

“घाइतेको हेलिकोप्टरबाट उद्धार गर्न मन्त्रीज्यूबाट निर्देशन भएको छ । हामीले नेपाली सेनासँग सम्पर्क गरेर उद्धारका लागि सङ्खुवासभाको चैनपुरमा हेलिकोप्टर पठाउने तयारी गरिरहेका छौँ,” गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने ।

दमकतर्फ जाँदै गरेको बस आज बिहान करिब साढे सात बजे तिर दुर्घटनामा परेको मृत्यु हुनेको संख्या १४ पुगेको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

घाइतेलाई घटनास्थलबाट चैनपुर पुर्‍याइँदै छ । चैनपुरबाट हेलिकोप्टरमा धरान पुर्‍याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...