सङ्खुवासभामा ‘घर घरमा नेपाल प्रहरी’ कार्यक्रम शुभारम्भ

423

खाँदबारी । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले सामुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘घर घरमा नेपाल प्रहरी कार्यक्रम’ २०७८ को शुभारम्भ गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा परिसरमा भएको एक कार्यक्रमका बीच बस्ती, टोल र घर घरमा प्रहरीको पहुँच अभिृिद्धि गरी नागरिकका समस्याको बारेमा बुझ्न, प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा आम जनतालाई समस्या परेको बखत र कुनै पनि अपराधिक घटनाको तुरुन्त प्रहरी कार्यालयलाई जनाकारी गराउन आवश्यक रहेको कुरा महसुस गराउन घर घरमा नेपाल प्रहरी अभियानको सुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

जिल्ला समन्वय समिति खाँदबारीका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा खाँदबारी नगरपालिका प्रमुख मुरारी खतिवडा, १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन सचिव कालीप्रसाद पराजुली, सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा, १ नम्बर प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसी र १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष चारू कोइराला बिसीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार र स्थानीयहरुको सहभागी रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...