प्रदेश १ को प्रदेश सभा बैठक फागुन १५ गते

261

विराटनगर । प्रदेश नम्बर १ प्रदेश सभा बैठक फागुन १५ गतेदेखि सुरु हुने भएको छ ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बैठक फागुन १५ गते दिउँसो १ बजे बस्ने छ । बैठकमा प्रदेशको नामाकरणको विषय प्रस्ताव हुनसक्ने अनुमान गरिएको छ ।

सरकाले प्रदेशसभामा पेस गर्ने कुनै बिजनेस नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि स्थगन भएको थियो ।

अबको नियमित बैठकमा सरकारले कानुन संशोधनका प्रस्ताव ल्याउनसक्ने अनुमान छ ।

गएको मंसिर १ गते मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिएपछि बैठक अर्को सूचना जारी नभएसम्म स्थगन भएको सभामुख प्रदीप भण्डारीले उद्घोस गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...