तुलसीपुर आगलागी : मृतक ५ जनाको पहिचान खुल्यो

342

काठमाडौँ । दाङको तुलसीपुरस्थित जुत्ता चप्पल गोदाममा भीषण आगलागी हुँदा मृत्यु भएका ५ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेहरुमा १३ वर्षीया साजिता खातुन, १५ वर्षीय हसन बकस, १३ वर्षीय मनिश बकस, ५ वर्षीया अविददिन अली र ४० वर्षीय नजरदिव अली रहेको प्रहरीले जनाएको छ ।

मृतक ५ जनाको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । यस्तै, उद्धारमा खटिएका एक जना घाइते भएको पनि प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बेहोस भएका स्थानीय ३८ वर्षीय अमर डाँगीको उपचार भइरहेको छ ।

बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चरतले घरमा आगलागी भएको थियो ।

शुक्रबार बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगलागी भइरहेको देखेका थिए । त्यसपछि नियन्त्रणका लागि प्रयास भएपनि झन्डै ५ घन्टापछि मात्रा आगलागी नियन्त्रणमा आएको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...