रसुवा बन्यो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला

113

रसुवा । सरकारले आगामी चैत महिनाभित्र खोप लगाउन मिल्ने सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएअनुसार रसुवा जिल्लामा १८ वर्षमाथिका सबै नागरिकले जिल्लामै कोरोनाविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

योसँगै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन योग्य १८ वर्षमाथिका सबै नागरिकले पूर्ण खोप पाएसँगै रसुवा जिल्ला कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्लासमेत बन्न सफल भएको छ ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउनयोग्य २९ हजार १०६ जना रहेकामा २९ हजार १०१ जनाले कोरोनाविरुद्धको पहिलो मात्राको खोप पाएका छन् । त्यसैगरी, कोरोनाविरुद्धको दोस्रो मात्राको खोप ९५ प्रतिशतले पाएका छन् ।

कोरोनाविरुद्धको दोस्रो मात्राको कोभिशिल्ड खोप १ हजार ३० जनाले पाएका छन् । २० हजार १५६ जनाले भेरोसेलको दोस्रो मात्राको खोप पाएका छन् ।

एकमात्र मात्रा लगाए हुने जोन्सन एन्ड जोन्सन खोप २ हजारलाई लगाइएको छ भने ४ हजार २५६ जनाले एस्ट्राजेनेकाको खोप लगाएको जनाइएको छ ।

स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा १२ देखि १७ वर्षसम्मका ४ हजार ७४३ जना बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने लक्ष्यअनुसार ३ हजार ४०३ जना बालबालिकाले मात्र कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख बसन्त चालिसेले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...