दोहोरो भूमिकामा जनप्रतिनिधि : २१ जनप्रतिनिधि एमाले जिल्ला सदस्यमा निर्वाचित

152

खाँदबारी । नेकपा (एमाले) सङ्खुवासभाको ८औँ जिल्ला अधिवेशनबाट २१ जनप्रतिनिधि एमाले जिल्ला सदस्यमा निर्वाचित भएका छन् । एमालेको अधिवेशनबाट २१ जना जनप्रतिनिधिले दोहोरो जिम्मेवारी पाएका हुन् ।

चैनपुर नगरपालिका–८ का वडाध्यक्ष भरत खड्का एमाले सङ्खुवासभाको उपसचिवमा निर्वाचित भएका छन् । खड्का नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्ष भएका हुन् । उनी अधिवेशनभन्दा केही समयअघि माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका हुन् । जिल्ला समन्वय समिति उपप्रमुख अम्बिका खवास, सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्वा, मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेल, उपाध्यक्ष चमेली राई, मादी नगरपालिका उपप्रमुख उर्मिला नेपाल सुवेदी, पाँचखपन नगरपालिका उपप्रमुख भिमादेवी राई, जिल्ला समन्वय सदस्य लोकेन्द्र तामाङ एमाले जिल्ला सदस्यमा निर्वाचित भएको नेकपा एमाले सङ्खुवासभाका अध्यक्ष जीतबहादुुर घिमिरेले जानकारी दिए ।

यस्तै, वडाअध्यक्षहरू भरतकुमार घिमिरे, मौसम आलेमगर, केबी लिम्बू, धनबहादुर तामाङ, बालकुमार तामाङ, जापान गुरुङ, श्याम पौडेल, उदयचन्द्र पौडेल र डिकबहादुर गुरुङ जिल्ला सदस्य निर्वाचित भएका छन् । चार जना कार्यपालिका सदस्यसमेत जिल्ला सदस्यमा निर्वाचित भएको नेकपा एमाले सङ्खुवासभाले जनाएको छ ।

एमाले जिल्ला सदस्यमा दुई दम्पतीसमेत निर्वाचित भएका छन् । आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा जीतबहादुर घिमिरे, उपाध्यक्षमा कृष्ण तामाङ सचिवमा खड्ग राई, उपसचिवमा ओङ्दावे भोटे र भरत खड्कासहित ९८ सदस्यीय जिल्ला सदस्य निर्वाचित भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...