रेणु यादवलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्रीसँग योगेश भट्टराईको माग

316

काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणुकुमारी यादवलाई पदबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।

नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् हिंसा भड्काउने र संविधानको बर्खिलाप भाषण गर्ने मन्त्रीलाई तत्काल हटाउन माग गरेका हुन् ।

भट्टराईले लेखेका छन्, “प्रधानमन्त्री शेरबहादुर देउवाले हिंसा भड्काउने र संविधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हाटाउनु पर्‍यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नु पर्‍यो । अर्को बाटो छैन ।”

भौतिक पूर्वाधारमन्त्री यादवले बुधबार रौतहटको सदरमुकाम गौरमा आयोजित कार्यक्रममा अर्को गौर नरसंहार मच्चाएर जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको हत्या गर्ने धम्की दिएकी थिइन् ।

याे पनि हेर्नुस्
मन्त्री यादवको हिंसात्मक अभिव्यक्ति– सिके राउतलाई ‘ज्यान मार्ने’ धम्की 

Share This:
सम्बन्धित खबर
Loading...