एमाले महासचिवमा शंकर पोखरेल निर्विरोध

292

काठमाडौँ । नेकपा (एमाले)को महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने भएका छन् ।

सोमबार बिहान १० बजेको समयसीमाभित्र पोखरेलको मात्र उम्मेदवारी दर्ता भएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३०१ जनाको केन्द्रीय कमिटी सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् ।

निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।

Share This:
सम्बन्धित खबर
Loading...