पाँच दलीय गठबन्धन राजनीतिको खुद्रा बजार हुन्, चाँडै सकिन्छन् : शंकर पोखरेल

300

काठमाडौँ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमालेका कार्यकर्तासँग मात्र जनपरिचालनको सामथ्र्य भएको बताएका छन् ।

वुद्धिजीवी संगठनको कार्यक्रममा बोल्दै नेता पोखरेलले आसन्न १०औँ महाधिवेशनमा चितवनमा देखिने भीडले त्यसलाई पुष्टि गर्ने बताए ।

“गोदावरीको विधान अधिवेशन र चितवनमा हुन गइरहेको राष्ट्रिय महाधिवेशनका विशेषता फरक छन् । हामीले विधान अधिवेशनमा कार्यकर्ताको सहभागितालाई जोड दियौँ । राष्ट्रिय महाधिवेशनमा जनताको परिचालनमा जोड छ ।”

महाधिवेशन उद्घाटन समारोहमा नारायणी किनारमा हुने देशभरका ५ लाखभन्दा बढीको जमघट हुने भन्दै पोखरेलले भने,“मास बेस क्याडर्स पार्टी अर्थात् हाम्रा कार्यकर्ताहरु जनताको परिचालनको सामर्थ्य राख्छन् भन्ने देखाउन जरुरी छ ।”

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले एमालेसँग अन्य कुनै दलले एक्लै लड्ने आँट नभएपछि गठबन्धन बनेको बताए ।

“एमालेसँग कुनै पार्टीले लड्न आँट गरेको छैन,” उनले भने,“त्यहीकारण गठबन्धन बनेको छ । राष्ट्र निमार्णबारे सुविचारित धारणा एमालेले राख्छ । अदालतको परमादेशबाट र गठबन्धनबाट एमालेलाई रोक्ने कोसिस असफल हुन्छ ।”

उनले विकासका मुद्दामा नभइ आफ्ना स्वार्थ पूरा गर्न पाँच दलीय गठबन्धन बनेको पनि बताए । “केपी ओलीमाथिको हमला जनताका सपनामाथिको हमला हो । पाँच दलीय गठबन्धन जनताका सपनामाथिको हमला हो,” उनले भने,“यिनीहरुको राजनीतिको खुद्रा बजार अब लामो समय जाँदैन, चाँडै सकिन्छ ।”

केही पार्टी एमालेभन्दा बढी सदस्य बनाउँछु भन्दै हिँडेको पोखरेलले बताए । माओवादीले ३०/३२ लाख सदस्य पुर्याउने भनेकातर्फ उनले भने,“एमालेसँग मिलेर चुनाव लड्दा १३ लाख मत ल्याएको होइन । यदि नेता/कार्यकर्ता धेरै छन् तर जनतासँग सम्बन्ध छैन भने त्यो मास बेस क्याडर्स होइन ।”

पार्टी सदस्य जति छन् त्यति पनि भोट नआउने पार्टीको अर्थ नभएको उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...