काठमाडौँ । नेपालमा बुधबार थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ६ हजार ५७७ पिसिआर परीक्षणका क्रममा ३९५ र ३ हजार ३३६ एन्टिजेन परीक्षणका क्रममा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८ हजार ५५४ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ४३४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा थप ४ सय ३९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९३ हजार २७१ जना निको भएका छन् ।
हाल नेपालमा ९ हजार १२३ सक्रिय संक्रमित आइसोलेसन र १२१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।