काठमाडौँ । नेपालमा आइतबार थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ५ हजार ७३१ पिसिआर परीक्षणका क्रममा ३७६ जना र २ हजार १६८ एन्टिजेन परीक्षणका क्रममा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७ हजार १०५ पुगेको छ ।
२४ घन्टामा कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४०७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै, थप ५ सय १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९१ हजार ७८७ जना निको भएका छन् । हाल नेपालमा ९ हजार ३ सय ७६ सक्रिय संक्रमित आइसोलेसन र २ सय ११ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
