तीन देशका लागि राजदूत सिफारिस

358

काठमाडौँ । सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारतका लागि डा.शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत बनाउन सिफारिस गरेको हो ।

ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाएर सरकारले तीन मुलुकका लागि राजदूत सिफारिस गरेको हो ।

राजदूतमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

Share This:
सम्बन्धित खबर
Loading...