काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा ६७२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ७ हजार १६७ आरटी पिसिआर र २ हजार ३२८ एन्टिजेन गरी कुल ९ हजार ४९५ जनामा परीक्षण गरिएकोमा ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर १० हजार ३७५ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये ९ हजार ५५० जना होम आइसोलेसनमा, ८२५ संस्थागत आइसोलेसनमा रहेका छन् ।
यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा २५४ जना र भेन्टिलेटरमा ८६ जना उपचाररत छन् ।
मन्त्रालयकाअनुसार बुधबार देशभरबाट ४९५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ८९ हजार १२५ पुगेको छ । निको हुने दर ९७.३ प्रतिशत छ ।
पछिल्लो २४ घन्टाको अवधिमा ८ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३८० पुगेको छ ।