२४ घन्टामा थपिए ५१३ संक्रमित, ८ जनाकाे मृत्यु

काेराेना अपडेट

241

काठमाडौँ ।  नेपालमा पछिल्लाे २४ घन्टाको अवधिमा ५१३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ४ हजार ९७२ आरटी पिसिआर र १ हजार ९५९ एन्टिजेन गरी कुल ६ हजार ९३१  जनामा परीक्षण गरिएकोमा ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १० हजार ५५९ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये ९५७ हजार ५३० जना होम आइसोलेसनमा, ८०२ संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा २६८ जना र भेन्टिलेटरमा ८० जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार शनिबार देशभरबाट ८१७ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ८६ हजार ६३० पुगेको छ । निको हुने दर ९७.३ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ८ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...