बिहीबार थप ५४५ जनामा काेराेना पुष्टि, संक्रमणबाट ८ काे मृत्यु

295

काठमाडौँ ।  नेपालमा पछिल्लाे २४ घन्टाको अवधिमा ५४५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ६ हजार ५८७ आरटी पिसिआर र १ हजार ९६३ एन्टिजेन गरी कुल ८ हजार ५४९  जनामा परीक्षण गरिएकोमा ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ११ हजार ३१५ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १० हजार ५३० जना होम आइसोलेसनमा, ७८५ संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा २८८ जना र भेन्टिलेटरमा ९८ जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार बिहीबार देशभरबाट ७२६ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ८४ हजार ८८१ पुगेको छ । निको हुने दर ९७.२ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ८ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...