धरानमा पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु

228

धरान । सोमबारदेखि अविरल परेको वर्षाका कारण घर पुरिँदा धरानमा दुई बालबालिकाको ज्यान गएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका–१३ नागेश्वर मार्ग बस्ने निसान राईकी छोरी आठ वर्षीया निसु राई र चार वर्षीय छोरा निहान राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मंगलबार दिउँसो १ः४५ बजे घरमाथिबाट पहिरो खस्दा निसान राईको टिनको छाना भएको एक तले घर पुरिएको छ । घटनाको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगेको थियो । पुरिएको सो घरबाट प्रहरीले दिउँसो साढे ३ बजे दुई बच्चाको शव निकालेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...