पछिल्लाे २४ घन्टामा थपिए १०९६ संक्रमित, १२ जनाकाे मृत्यु

काेराेना अपडेट

458

काठमाडौँ ।  नेपालमा दसैँ सकिएलगत्तै काेराेना संक्रमितकाे संख्यामा वृद्धि भएकाे छ । पछिल्लाे २४ घन्टाको अवधिमा १ हजार ९६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ८ हजार १४० आरटी पिसिआर र १ हजार ७७६ एन्टिजेन गरी कुल ९ हजार ९१६  जनामा परीक्षण गरिएकोमा १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ११ हजार ८१५ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १० हजार ८६६ जना होम आइसोलेसनमा, ९४९ संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा २६७ जना र भेन्टिलेटरमा ८६ जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार मंगलबार देशभरबाट १ हजार ४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ८३ हजार ३९७ पुगेको छ । निको हुने दर ९७.१ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १२ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३०५ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...