पछिल्लाे २४ घन्टामा ५९१ जनामा काेराेना पुष्टि, ९ जनाकाे मृत्यु

काेराेना अपडेट

272

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा ५९१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ६५४ आरटी पिसिआर र २ हजार ४३ एन्टिजेन गरी कुल ९ हजार ६९७  जनामा परीक्षण गरिएकोमा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ११ हजार ८७४ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १० हजार ८४७ जना होम आइसोलेसनमा, १ हजार २७ संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा २८० जना र भेन्टिलेटरमा ९९ जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार साेमबार देशभरबाट ९३७ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ८२ हजार ३९३ पुगेको छ । निको हुने दर ९७.१ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २९३ पुगेको छ ।

No photo description available.
Share This:
सम्बन्धित खबर
Loading...