जेम्स बोन्डको सम्पत्ति सन्तानले नपाउने

278

काठमाडौँ । जेम्स बोन्डको उपनाम पाएका ब्रिटिस अभिनेता ड्यानियल क्रेगले आफ्नो सम्पत्तिको विषयमा गरेको घोषणाले सबैको ध्यान तानेको छ । जेम्स बोन्ड फिल्मको पछिल्लो पाँच श्रृंखलामा शीर्ष भूमिकामा देखिएका उनले मरोणोप्रान्त आफ्नो सम्पत्ति सन्तानलाई नदिइ दान गर्ने घोषणा गरेका छन् ।

उनले आफ्नो मृत्युपछि उक्त सम्पत्ति सामाजिक कार्यमा प्रयोग होस् भन्ने हेतुले दान गर्ने घोषणा गरेका छन् । ‘म आगामी पुस्तालाई सम्पत्ति छोड्न चाहन्न । मलाई लाग्छ उतराधिकारीलाई छाड्नु दुःखद् कुरा हो’, उनले एक अन्तर्वार्तामा भनेका छन् ।

५३ वर्षीय अभिनेताको पहिलो पत्नी फियोना लउडनबाट एक २९ वर्षीय छोरी छिन् भने दोस्रो पत्नी तथा अभिनेत्री रेचल वाइजबाट पनि एक छोरी गरी दुई सन्तान छन् । क्रेगसँग कुल १४५ मिलियन अमेरिकी डलर बराबरको सम्पत्ति रहेको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...