थप ७६० जनामा काेराेना पुष्टि, ११ संक्रमितकाे मृत्यु

काेराेना अपडेट

344

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा ७६० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ६ हजार १६८ आरटी पिसिआर र ५ हजार ८६३ एन्टिजेन गरी कुल १२ हजार ३१  जनामा परीक्षण गरिएकोमा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १५ हजार ३४० जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १४ हजार १६८ जना होम आइसोलेसनमा, १ हजार १७२ संस्थागत आइसोलेसनमा र २३६ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३१७ जना र भेन्टिलेटरमा ११३ जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार शनिबार देशभरबाट ८९९ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ७५ हजार ७२ पुगेको छ । निको हुने दर ९६.७ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ११ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...