२४ घन्टामा थपिए १०४३ काेराेना संक्रमित, १२ जनाकाे मृत्यु

काेराेना अपडेट

97

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ४३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ११ हजार १६५ आरटी पिसिआर र ४ हजार ३०० एन्टिजेन गरी कुल १५ हजार ४६५  जनामा परीक्षण गरिएकोमा १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १६ हजार १९४ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १४ हजार ९७५ जना होम आइसोलेसनमा, १ हजार २१९ संस्थागत आइसोलेसनमा र ४६७ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३३८ जना र भेन्टिलेटरमा ११५ जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार बुधबार देशभरबाट ८९१ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ७२ हजार २२९ पुगेको छ । निको हुने दर ९६.६ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १२ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...