२४ घन्टामा थपिए १०६६ संक्रमित, १३ जनाकाे मृत्यु

239

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ११३ आरटी पिसिआर र ३ हजार २५५ एन्टिजेन गरी कुल १३ हजार ३६८  जनामा परीक्षण गरिएकोमा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १८ हजार ११५ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १६ हजार ८८१ जना होम आइसोलेसनमा, १ हजार २३४ संस्थागत आइसोलेसनमा र २४२ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३५४ जना र भेन्टिलेटरमा ११६ जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार शुक्रबार देशभरबाट ९३८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ६६ हजार ६९६ पुगेको छ । निको हुने दर ९६.३ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...