दसैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्छौँ : राज्यमन्त्री श्रेष्ठ

189

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् ।

विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले हाल दैनिक ३ लाख जनतालाई खोप लगाउने काम गरिरहेको बताए । राज्यमन्त्री श्रेष्ठले सरकारले दसैँअघि ३३ प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको समेत जानकारी दिए । वर्तमान सरकारले आफ्नो करिब ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेको उनको भनाइ छ ।

राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि पनि १ करोड खोप सुनिश्चित गरिएको बताए । “करिब ३ महिनको अवधिमा १ करोड थप खोप लगाइसकिएको जानकारी गराउन चाहन्छु । किनभने हामीले १ करोड ७७ लाख खोप ल्याइसकेका छौँ । यो दसैँसम्म ३३ प्रतिशत जनतालाई खोप लगाइसक्ने जानकारी पनि गराउन चाहन्छु,” उनले भने ।

राज्यमन्त्री श्रेष्ठले हाल आएर १ दिनमा ३ लाख जनतालाई खोप लगाइरहेको समेत जानकारी दिए । साथै उनले १४ वटा हिमाली जिल्लाहरुमा १८ वर्षभन्दा माथिका सबै नागरिकहरुलाई कोरोनाविरुद्धको खोप लगाउने अभियानलाई सुरु गरिएको बताए । बालबालिकाहरुका लागि पनि १ करोड खोपको सुनिश्चित गरिएको उनको भनाइ थियो ।

राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगीहरुको उपचार निःशुल्क रुपमा गर्ने गरी सरकारी अस्पतालहरुको सुधार गर्न सरकार लागि परेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...