कांग्रेस अधिवेशन : यस्तो छ सङ्खुवासभाको १० वटै स्थानीय तहको मत परीणाम

397

खाँदबारी । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शनिबारदेखि सुरु भएको पालिका तथा नगर अधिवेशन सङ्खुवासभामा सम्पन्न भएको छ । जिल्लामा रहेको १० वटै पालिका/नगरमा अधिवेशन सम्पन्न भएको हो ।

जिल्लाको सबैभन्दा पुरानो नगरपालिका खाँदबारी नगरपालिकामा गणेश कार्की सभापतिमा निर्वाचित भएका छन् । गोकुल खनाललाई पराजित गर्दै कार्की विजयी भएका हुन् । मत परिणाम अनुसार कार्कीले १५९ र खनालले ९५ मत प्राप्त गरे ।

यस्तै, धर्मादेवी नगरपालिकाको सभापतिमा बद्रीबहादुर घिमिरे, चैनपुर नगरपालिकामा शंकरमान कँडेल, मादी नगरपालिकामा यादव खड्का र पाँचखपन नगरपालिकामा विष्णुकुमार कार्की सर्वसम्मत चयन भएका छन् ।

यसैगरी, मकालु गाउँपालिकाको सभापतिमा ओङ्दी शेर्पा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनको मत अनुसार प्रतिद्वन्द्वी रुद्रबहादुर राईलाई ३३ मतले पछि पार्दै शेर्पा विजयी भएका हुन् । उनले ६८ मत प्राप्त गर्दा राईले ३५ मत पाएका थिए ।

चिचिला गाउँपालिकामा दिनेश राई, शिलिचोङ गाउँपालिकामा भुपालराज मेवाहाङ, भोटखोला गाउँपालिकामा पासाङ खम्बा भोटे र सभापोखरी गाउँपालिकामा जितेन्द्र लिम्बू सभापतिमा चयन भएका छन् ।

खाँदबारी नगरपालिका र मकालु गाउँपालिकाबाहेक अन्य पालिका/नगरमा सर्वसम्मत सभापति चयन भएको कांग्रेसले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...