२४ घन्टामा थपिए ८३४ संक्रमित, ९ जनाकाे मृत्यु

काेराेना अपडेट

236

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा ८३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ८ हजार ५८९ आरटी पिसिआर र ५ हजार १४७ एन्टिजेन गरी कुल १३ हजार ७३६  जनामा परीक्षण गरिएकोमा८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १९ हजार १४२ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १७ हजार ८१३ जना होम आइसोलेसनमा, १ हजार ३२९ संस्थागत आइसोलेसनमा र २३० जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३६८ जना र भेन्टिलेटरमा १२० जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार शुक्रबार देशभरबाट १ हजार २७९ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ६१ हजार १५४ पुगेको छ । निको हुने दर ९६.२ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...