थप १३३० जनामा काेराेना पुष्टि, १८३० संक्रमणमुक्त

काेराेना अपडेट

329

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ३३० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ९ हजार ६२६ आरटी पिसिआर र ३ हजार ९९६ एन्टिजेन गरी कुल १३ हजार ६२२  जनामा परीक्षण गरिएकोमा १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २१ हजार ५२४ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा, १ हजार ३६० संस्थागत आइसोलेसनमा र २५० जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३३५ जना र भेन्टिलेटरमा १०७ जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार मंगलबार देशभरबाट १ हजार ८३० जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ५४ हजार पुगेको छ । निको हुने दर ९५.९ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ५ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...