२४ घन्टामा थपिए १५५८ संक्रमित, १० जनाकाे मृत्यु

काेराेना अपडेट

160

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ५५८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ८ हजार ६६५ आरटी पिसिआर र ३ हजार ७२० एन्टिजेन गरी कुल १२ हजार ३८५  जनामा परीक्षण गरिएकोमा १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २५ हजार ४९७ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये २३ हजार ९५० जना होम आइसोलेसनमा, १ हजार ५४७ संस्थागत आइसोलेसनमा र २३६ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३८६ जना र भेन्टिलेटरमा ११७ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट १ हजार ३५१ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ४६ हजार ५६६ पुगेको छ । निको हुने दर ९५.३ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १० जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...