थप ९९४ जनामा काेराेना पुष्टि, १२ जनाकाे मृत्यु

काेराेना अपडेट

277

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा ९९४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ६ हजार १३७ आरटी पिसिआर र ३ हजार ७०३ एन्टिजेन गरी कुल ९ हजार ८४०  जनामा परीक्षण गरिएकोमा ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २७ हजार ३५५ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये २५ हजार ७०८ जना होम आइसोलेसनमा, १ हजार ६४७ संस्थागत आइसोलेसनमा र ३१७ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ४५६ जना र भेन्टिलेटरमा १२२ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शनिबार देशभरबाट १ हजार ३६८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ । निको हुने दर ९५.१ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १२ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९३६ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...