मातृका आँखा अस्पतालमा शंकास्पद वस्तु भेटियो, बम डिस्फोजल टोली घटनास्थलमा

102

काठमाडौँ । काठमाडौँ मध्यबानेश्वरको आँखा उपचार केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ । सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको हो ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शंकास्पद वस्तु फेला परेको जानकारी दिए ।

विस्फोटक पदार्थ भएको आशंकामा नेपाली सेनाको बम डिस्फोजल टोली पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...