सामूहिक हत्या काण्ड : कुकुरसहित अनुसन्धान सुरु

601

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको तालिम प्राप्त कुकुरसहित अनुसन्धान सुरु गरिएको छ ।

सङ्खुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको हत्या भएको घटनास्थल पुगेको प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको हो ।

अनुसन्धान टोलीमा ट्रयाकर डग पिकु र लैलालाई घटनास्थल लगिएको छ । सोमबार रातभर पानी परेका कारण मंगलबार बिहानमात्रै कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी दाहालले बताए ।

सोमबार बिहान शव भेटिएपछि प्रहरीले घटनास्थल सिल गरेको थियो । कुकुरको प्रयोगका लागि रातभर घटनास्थलमा नै शव छाडिएको थियो । तर पानी परेका कारण कुकुर प्रयोगको प्रभावकारिता कम देखिने प्रहरी स्रोत बताउँछ । कुकुरले सुगेर सम्भावित आरोपीसम्म पुर्‍याउने काम गर्छ ।

पानी परे पनि कुकुरको प्रयोग गर्ने दाहालले बताए । “पानी पर्दा ट्रयाकर डगको प्रभावकारिता कम हुनसक्छ,” दाहालले भने,“हामी सकेसम्म कोसिस गर्छौँ।”

सोमबार बिहान मादी नगरपालिका–१ उमलिङको खोला गाउँमा र बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । आँखा कम देख्ने र काम कम सुन्ने ९३ वर्षीय बौद्धमान सकुशल छन् ।

Share This:
सम्बन्धित खबर
Loading...