२४ घन्टामा थपिए १,०८९ संक्रमित, २० जनाकाे मृत्यु

काेराेना अपडेट

134

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ८९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ५ हजार १७० आरटी पिसिआर र २ हजार ८०१ एन्टिजेन गरी कुल ७ हजार ९७१  जनामा परीक्षण गरिएकोमा १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३१ हजार २४८ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये २९ हजार ८१ जना होम आइसोलेसनमा, २ हजार १६७ संस्थागत आइसोलेसनमा र २६६ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५२३ जना र भेन्टिलेटरमा १६२ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार आइतबार देशभरबाट १ हजार ५३४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख २७ हजार १८५ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २० जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...