रामकुमारी झाँक्रीको दाबी : एमालेको हालत सद्‍भावना पार्टीको जस्तै हुन्छ

282

सुनसरी । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विरोधमा उत्रिएको भन्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलको आलोचना गरेकी छन् ।

शनिबार सुनसरीको इनरूवामा आयोजित पार्टीको प्रथम नगर कमिटी भेलामा बोल्दै झाँक्रीले आफ्नो नेतृत्वको सरकारको पालामा एमसीसी पास गर्न मरिमेटेर लागेको दाबी गर्दै अहिले त्यसको विरोधमा उभिएकोमा आक्रोश व्यक्त गरिन् ।

उनले महाकाली सन्धिमा समेत राष्ट्रघात गरेका ओलीले राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी व्याख्या गर्ने गरेकाले पनि नयाँ पार्टी गठन गरेर अघि बढ्नु परेको तर्क गरिन् ।

उनले भनिन्,“खड्ग ओलीले हिजो एमसीसी पास गनए कन्दनी सुर्क्याएर लागिपरेको मान्छे आज विरोध गर्दैछन् । त्यसकारण पायक पर्दा बखत मात्र बोलिने राष्ट्रवाद । क.भीम रावल आज एमसीसीको विरुद्धमा जसरी बोल्दैछन् । मलाई सम्झना छ–२०५३ सालमा योभन्दा ठुलो राष्ट्रघात सन्धि महाकाली सन्धि भएको थियो । भीम रावलको पोजिसन के थियो ? क.खड्गप्रसाद ओलीको पोजिसन के थियो ?”

नेतृ झाँक्रीले ओलीको नेतृत्वमा रहेको एमालेको हालत सद्भावना पार्टीको जस्तै हुने टिप्पणीसमेत गरिन् । उनले कम्युनिस्ट आन्दोलनलाई सत्यनाश बनाउने बाटोमा अघि बढेका ओलीले मुलुकलाई नै विघटनको दिशामा लैजाने प्रयास गरेपछि आफूहरुले सत्ताबाट हटाएको पनि बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...