तपाईंलाई कोरोनासँग मिल्दो लक्षण छ ? स्क्रब टाइफस पनि हुनसक्छ

247

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिएको जनाएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफस रोग देखा परेकाले सचेत रहन आग्रह गरेको हो ।

कोभिड–१९ जस्तै स्क्रब टाइफसमा उच्च ज्वरो आउने, आँखा रातो हुने, टाउको दुख्ने, जोर्नी र मांशपेशी दुख्ने, बिमिरा देखा पर्नेलगायत लक्षण देखिन थालेकाले उच्च सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ । स्क्रब टाइफसका बिरामीमा खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, स्वास फेर्न गाह्रो हुनु जस्ता लक्षण पनि देखिन थालेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिने भएकाले परीक्षण गर्दा कोरोना नेगेटिभ आएपनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्छ । मन्त्रालयले समयमा नै उपचार नगरे यसले गम्भीर रुप लिने चेतावनी दिएको छ । स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायत अंगमा असर गर्छ ।

May be an image of one or more people

Share This:
सम्बन्धित खबर
Loading...