थप २,०५२ जनाका काेराेना पुष्टि, २० जनाकाे मृत्यु

485

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ५२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ६१२ आरटी पिसिआर र ४ हजार ३२३ एन्टिजेन गरी कुल १४ हजार ९३५ जनामा परीक्षण गरिएकोमा २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३४ हजार १८९ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये ३१ हजार ८१२ जना होम आइसोलेसनमा, २ हजार ३७७ संस्थागत आइसोलेसनमा र ३११ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५६३ जना र भेन्टिलेटरमा १७० जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बुधबार देशभरबाट ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख १९ हजार ३३६ पुगेको छ । निको हुने दर ९४.१ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २० जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...