लुम्बिनीमा रमा घर्तीमगरले मात्र रोजिन् एकीकृत समाजवादी पार्टी

353

दाङ । लुम्बिनी प्रदेशसभामा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कमजोर देखिएको छ ।

झन्डै शून्य अवस्थामा रहेको नेकपा (एस)लाई पाल्पाकी एक समानुपातिक सांसद्ले इज्जत जोगाइदिएकी छन् ।

प्रभावशाली नेता सबै एमालेमै रहेको लुम्बिनी प्रदेशमा लुम्बिनी प्रदेशसभाकी एमाले सांसद् रमा घर्तीमगरले मंगलबार प्रदेश निर्वाचन कार्यालय दाङमा नेकपा (एस)मा सनाखत गरेकी हुन् ।

नेकपा एमाले विभाजन भइ माधप नेपाल नेतृत्वको नेकपा (एस)दर्ता भएपछि घर्तीले निर्वाचन कार्यालयमा गएर समाजवादी रोजेकी हुन् । उनी समानुपातिकतर्फ निर्वाचित सांसद् हुन् ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख मीनराज भट्टराईको रोहबरमा घर्तीको हस्ताक्षर सनाखत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

८० सदस्यीय प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा एमालेका ३७ जना सांसद् थिए । घर्तीले नेकपा (एस) रोजेपछि अब एमाले सांसद्को संख्या ३७ मा झरेको छ । पाँच दलीय गठबन्धनसँग ४४ प्रदेशसभा सदस्य पुगेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...