बन्धक बनाएको अरोप लागेपछि एकीकृत समाजवादीका सांसद्हरूले होटल छाडे

111

विराटनगर । नेकपा (एकीकृत समाजवादी)ले सांसद्लाई होटलमा राखेर बन्धक बनाएको अरोप लागेपछि (एस)मा खुलेका सांसद्हरुले चार दिनमा होटल छाडेका छन् ।

एमालेले एकीकृत समाजवादीले सांसद्हरुलाई होटलमा बन्धक बनाएको आरोप लगाउँदै आएको थियो । समाजवादीमा लागेका १० सासद्हरुले सोमबार साँझदेखि होटल छाडेका हुन् । उनी गत शुक्रबारदेखि विराटनगरको बिग होटेलमा बस्दै आएका थिए ।

होटल छाडेसँगै उनीहरुले विराटनगरनै छाडेका छन् । होटलमा बस्दा विभिन्न आरोप आएपछि होटल छाडेको नेकपा (एस)का केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद राजेन्द्र राईले जानकारी दिए ।

आफू इटहरीमा रहेको र केही अन्य केही सांसदहरु धरानतिर गएको राईले बताए । “भोलि प्रदेश निर्वाचन आयोगमा मात्रै सबैको भेट हुने हुन्छ । होटलमा बस्दा विभिन्न कुरा सुनेपछि हामीले होटल छाडेका हौँ,” राईले भने।

अहिलेसम्म प्रदेश सांसद्हरू राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे र पदमकुमारी गुरुङ नयाँ पार्टीको पक्षमा खुलेका छन् । राजेन्द्र, गणेश र कृष्णकुमारी केन्द्रीय सदस्य नै हुन् ।

मगलबार नै प्रदेश निर्वाचन कार्यालयमा गएर हस्ताक्षर गर्ने रणनीतिअनुसार उनीहरु होटलमा बसेका थिए । प्रदेश सरकारले मंगलबार झापा, मोरङ र सुनसरीमा रथ तान्न सार्वजनिक विदा दिएपछि उनीहरु बुधबार मात्रै आयोगमा जाने भएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...