२४ घन्टामा थपिए १,३८८ संक्रमित, २४ जनाको मृत्यु

काेराेना अपडेट

109

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ३८८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार २५९ आरटी पिसिआर र ३ हजार ३८ एन्टिजेन गरी कुल १० हजार २९७ जनामा परीक्षण गरिएकोमा १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३५ हजार ७९६ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये ३२ हजार ७४४ जना होम आइसोलेसनमा, ३ हजार ५२ संस्थागत आइसोलेसनमा र ३४३ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६२७ जना र भेन्टिलेटरमा १६७ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार आइतबार देशभरबाट २ हजार २६० जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख १२ हजार ७१२ पुगेको छ । निको हुने दर ९३.९ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...