लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त

180

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन् ।

सुवेदीले सोमबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता गौतम दीक्षितले शपथ ग्रहण गराएकी हुन् ।

प्युठानका सुवेदीले सत्य निरुपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका थिए ।

निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा रहँदा रहेका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...