२४ घन्टामा थपिए ३ हजार ४२ काेराेना संक्रमित

443

काठमाडाैं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ५३० आरटी पिसिआर र ७ हजार १२४ एन्टिजेन गरी कुल १७ हजार ६५४ जनामा परीक्षण गरिएकोमा ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरूमध्ये ३६ हजार ९२२ जना होम आइसोलेसनमा, ३ हजार ३८७ संस्थागत आइसोलेसनमा र ४४६ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७१४ जना र भेन्टिलेटरमा १७१  जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट २ हजार २२४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ९३ हजार ५४३ पुगेको छ । निको हुने दर ९३.१ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २६ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...