२४ घन्टामा थपिए ३,०७५ संक्रमित, ३३ जनाकाे मृत्यु

काेराेना अपडेट

291

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ७५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ११ हजार ९४६ आरटी पिसिआर र ४ हजार ४९२ एन्टिजेन गरी कुल १६ हजार ४३८ जनामा परीक्षण गरिएकोमा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरूमध्ये ३७ हजार ११४ जना होम आइसोलेसनमा, ३ हजार ३८६ संस्थागत आइसोलेसनमा र ३८५ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७३९ जना र भेन्टिलेटरमा १६८ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बिहीबार देशभरबाट २ हजार १२६ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ९१ हजार २९९ पुगेको छ । निको हुने दर ९३.१ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ३३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...