ब्राउन सुगरसहित दुईजना पक्राउ

189

झापा । झापाको बिर्तामोड नगरपालिकाबाट मंगलबार लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ ।

बिर्तामोड–५ नयाँ बसपार्कस्थित मिलनचोकबाट अर्जुनधारा–५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड–५ का २३ वर्षीय सुमन तामाङलाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनका अनुसार लागुऔषध ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट प्रहरीको टोलीले ब्राउन सुगर र मे२प ८६८६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...