थप २,२१२ जनामा काेराेना पुष्टि, ३३ जनाकाे मृत्यु

काेराेना अपडेट

446

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार २१२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ८ हजार ८८ आरटी पिसिआर र ४ हजार १८ एन्टिजेन गरी कुल १२ हजार १०६ जनामा परीक्षण गरिएकोमा २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संक्रमितहरूमध्ये ३५ हजार १८ जना होम आइसोलेसनमा, ४ हजार २८० संस्थागत आइसोलेसनमा र ४१९ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७५८ जना र भेन्टिलेटरमा १९३ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार आइताबार देशभरबाट १ हजार ८७६ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ८२ हजार ६८२ पुगेको छ । निको हुने दर ९३.२ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ३३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...