‘मुख्यमन्त्री पोखरेलले राजीनामा दिने निर्णय भएको छैन’

114

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा नदिएको बताएका छन् ।

बुधबार बिहान मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएकोबारे केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चा चलेको भएपनि त्यसमा सत्यता नभएको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको भन्द्र प्रतिपक्षी माओवादी केन्द्रले हल्ला फैलाएको आरोप लगाए । “मुख्यमन्त्रीले राजीनामा दिनुभएको छैन । माओवादीको प्रोपागण्डा हो यो । राजीनामा दिने निर्णय भएको छैन,” मन्त्री श्रेष्ठले भने ।

बुधबार दिउँसो बोलाइएको संसद्को विशेष अधिवेशन तथा बैठकमा टेबल हुने अविश्वासको प्रस्तावको विषयमा छलफल गर्न एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक बसेको छ ।

विपक्षी दलहरुले मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वासको प्रतावमाथि छलफल गर्न बुधबार प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...