थप ४,९०४ जनमा संकमण पुष्टि, ३५ जनाको मृत्यु

348

काठमाडौं । नेपालमा मंगलबार थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १३ हजार २१७ पिसिआर परीक्षणका क्रममा ३ हजार १९४ र ५ हजार ९०६ एन्टिजेन परिक्षणका क्रममा १ हजार ७१० जनामा कोरोना पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९१ हजार ९१० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १० हजार १५० जनाले कोरोना कारण ज्यान गुमाएमा छन् ।

त्यस्तै, थप २ हजार ११५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ७३ हजार १९८ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ३७ हजार ३३२ सक्रिय संक्रमित आइसोलेसन र ३८१ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा ३७ लाख ७ हजार ३ सय ९६ वटा पिसिआर र ३ लाख ६९ हजार ६५० एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...