कोभिशिल्डको दोस्रो मात्राको पर्खाइमा रहेकालाई आजदेखि एस्ट्राजेनेका खोप लगाइने

403

काठमाडौं । भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप लगाउने अभियान आजदेखि सुरू हुँदै छ ।

प्रदेश नम्बर १ र २ बाहेकका पाँचवटा प्रदेशमा आजदेखि खोप अभियान सुरू हुने तथा प्रदेश नम्बर १ र २ मा केही समयसभित्रै मिति तोकिने स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख झलक गौतमले जानकारी दिए ।

भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा (डोज) लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दिइने छ ।

खोप लगाउनका लागि काठमाडौंमा १४४ केन्द्र तोकिएको छ । अरु जिल्लामा पनि सम्बन्धित पालिकाहरुले खोप केन्द्र तोकेका छन् ।

अहिलेसम्म नेपालमा १ करोड मात्रा खोप आइपुगेको छ । तीमध्ये ६० लाख खरिद गरिएको छ । चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको हो । भारतबाट खरिद गरिएकोमध्ये १० लाख डोज अझै आपूर्ति भएको छैन ।

यसैगरी भारतबाट अनुदानमा ११ लाख कोभिशिल्ड र चीनबाट १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ ।

यस्तै, कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जोनसन एन्ड जोनसन खोप अनुदानमा प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...