२४ घन्टामा थपिए ३,७२९ संक्रमित, २५ जनाकाे मृत्यु

काेराेना भाइरस

452

काठमाडाैं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ७२९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ९ हजार ४९३ आरटी पिसिआर र ६ हजार १८२ एन्टिजेन गरी कुल १५ हजार ६७५ जनामा परीक्षण गरिएकोमा ३ हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ ।

संक्रमितहरूमध्ये ३१ हजार ४२७ जना हाेम आइसाेलेसनमा, ५ हजार १५ संस्थागत आइसाेलेसनमा र ३५६ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय ३२ जना र भेन्टिलेटरमा १ सय ५८ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट १ हजार ८८५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ । निको हुने दर ९३.७ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २५ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...