अबको ५ महिनामा झन्डै २ लाख नयाँ संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

329

काठमाडौं । अबको ५ महिनामा कोरोना भइरसका झन्डै २ लाख संक्रमित थपिने प्रक्षेपण सरकारले गरेको छ । यद्यपि, यो अरु समयको तुलनामा गिर्दो संख्या हुने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीले बिहीबार संसद्को शिक्षा स्वास्थ्य समितिमा पेस गरेको विवरणअनुसार साउन महिनापछि कोरोना संक्रमणको दर घट्दै जाने छ ।

लोहनीले अबको ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरिएको जानकारी दिए । साउनमा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिँदा मंसिरमहिनासम्म यो संख्या घटेर २५ हजार पुग्ने मन्त्रालयको अनुमान छ ।

पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने तगा तीमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने पनि सरकारले जनाएको छ ।

साउन २० गतेसम्म नेपालमा कोरोना खोपको पहिलो मात्रा ४२ लाख ९७ हजार ६ सय १२ जना तथा पूर्ण खोप २० लाख ७४ हजारले लगाएको पनि लोहनीले जानकारी गराए ।

Share This:
सम्बन्धित खबर
Loading...