पर्यटन व्यवसायीलाई यथाशक्य खोप उपलब्ध हुन्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

377

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई यथाशक्य खोप उपलब्ध गराउने बताएका छन् ।

होटल संघ नेपाल(हान)का अध्यक्ष सिर्जना राणासहितको प्रतिनिधिमण्डलसँगको भेटमा राज्यमन्त्री श्रेष्ठले सो आश्वासन दिएका हुन् ।

हानले आज जारी गरेको विज्ञप्तिमा कोभिडविरुद्धको खोपको मात्र पूरा गरेका विश्वका कतिपय मुलुकका नागरिक नेपाल आउन तत्पर रहकाले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई खोप उपलब्ध गराउन माग गरिएको छ ।

अध्यक्ष राणाले कोभिड–१९ को महामारीबाट आन्तरिक पर्यटन विस्तारै चलयमान हुन थालेकाले यस क्षेत्रमा संलग्न व्यवसायी तथा श्रमिकलाई खोप उपलब्ध गराउन आग्रह गरिन् ।

Share This:
सम्बन्धित खबर
Loading...