२४ घन्टामा थपिए २,५६८ संक्रमित, १८ जनाको मृत्यु

293

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ५ सय ६८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ८ हजार ४ सय २ आरटी पिसिआर र ४ हजार २ सय ३४ एन्टिजेन गरी कुल १२ हजार ६ सय ३६ जनामा परीक्षण गरिएकोमा २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ७७ जना र भेन्टिलेटरमा १ सय ६९ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार आइबार देशभरबाट २ हजार २० जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ५६ हजार १ सय ९७ पुगेको छ । निको हुने दर ९४.१ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १८ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७५ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...