लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा प्रदेश प्रमुख शेरचनको स्वागत

436

लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शंकर पोखरेलले स्वागत भेट गरेका छन् ।

शनिबार बिहान प्रदेश प्रमुखको कार्यालयमै गएर पोखरेलले प्रदेश प्रमुखसँग भेट गरेका हुन् । भेटमा लुम्बिनी प्रदेश सरकारले गरेका काम । प्रगतिबारे मुख्यमन्त्री पोखरेलले जानकारी गराएका थिए ।

शुक्रबार शेरचनले पदभार ग्रहण गरेका थिए । शुक्रबार नै प्रदेश प्रमुखको कार्यालयमा पुगेका शेरचनको स्वागतमा प्रदेशका मुख्यमन्त्री पोखरेल र मन्त्रीहरु सहभागी भएका थिएनन् ।

Share This:
सम्बन्धित खबर
Loading...